२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २१, २०७८

एजेन्सी – रुसी फौजले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा पाँचजना मारिएको युक्रेनको आपत्‌कालीन सेवासम्बन्धी निकायले जनाएको छ।

रुसले युक्रेनमा अब ‘लक्षित हमला’ गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो।

बीबीसी मोनिटरिङलाई थाहा भएअनुसार रुसी क्षेप्यास्त्र हमलामा अरू पाँच जना घाइते भएका छन्।

आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन पुगेको विवरणमा जनाइएको छ।

‘लक्षित हमला’

आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ।

ठूलो विस्फोट भएको र टावरबाट धुवाँको मुस्लो निस्किरहेको भिडिओ फुटेजमा देखिन्छ।

रुसी आक्रमणमा ‘मारिएका’ भनिएको युक्रेनका १३ जना सैनिक जीवितै
युक्रेनमा युद्ध थालेका पुटिनले के परमाणुअस्त्र चलाउलान्
आक्रमणले टेलिभिजन टावरलाई नै निशाना बनाएको वा नबनाएको विषयमा स्पष्ट हुन सकेको छैन।

आक्रमणपश्चात्‌ पनि ३८० मिटर अग्लो टावर ठडिइरहेकै अवस्थामा छ।

हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत्‌ प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले “रुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेको” जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]