२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २०, २०७८

सुर्खेत – दैलेखमा निसासिएर आमा छोराको मृत्यु भएको छ । घरभित्र निसासिएर ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहका अनुसार बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् ।

भान्छा कोठामा चुल्होको करिब डेढ फिट नजिक सुतेका उनीहरू ओछ्याएको गुन्द्री र सिरक चुल्होतिर पुगेर आगो सल्केको र उनीहरूको शरीरको केही भाग पोलिएको डीएसपी शाहले बताए ।

‘धुवाले निसासिएर मृत्यु भएको हाम्रो अनुमान छ’ डीएसपी शाहले भने । ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको र १८ वर्षीय रमेशको हात जलेको प्रहरीले जनाएको छ । घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । मृतकलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल पुर्‍याइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]