२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २०, २०७८

सप्तरी – सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता तथा उनीहरूको परिवारले हालसम्म ७८ करोड ६२ लाख रुपियाँ दाबी भुक्तानी लिएका छन् ।

​कोषबाट सञ्चालनमा ल्याइएका चारवटा योजनाअन्तर्गत १६ हजार ७३२ योगदानकर्ता र उनीहरूका परिवारले उक्त रकम भुक्तानी लिएका हुन् ।

कोषका अनुसार कोषमा योगदान रकम जम्मा गर्ने तीन लाख १६ हजार ९७१ मध्ये चारवटा योजनाबाट त्यो सङ्ख्याले भुक्तानी पाएका छन् ।

य​समध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्वमा पाँच हजार ९७७ जनाले १० करोड ९१ लाख ८७ हजार लिएका छन् ।

यसरी नै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत २१७ श्रमिकले एक करोड छ लाख १४ हजार रुपियाँ लिएका छन् भने आश्रित परिवार सुरक्षाअन्तर्गत १६७ जनाले दुुई करोड नौ लाख ८९ हजार रुपियाँ लिएका छन् ।

वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १० हजार ३७१ जनाले ६४ करोड ५४ लाख ५० रुपियाँ बराबरको लाभ पाएका छन् । कोषका अनुसार कोरोना सङ्क्रमणका कारण उद्योग प्रतिष्ठान दुई वर्षयता पूर्ण रूपमा सञ्चालन हुन नसके पनि सामाजिक सुरक्षामा सूचीकरण हुने रोजगारदाता र योगदानकर्ताको सङ्ख्या भने वृद्धि भइरहेको छ ।

सामाजिक सुरक्षा योजना २०७६ साउनबाट कोषमा सूचीकृत हुन सुुरु भएको उक्त योजनामा हालसम्म १६ हजार ७३२ रोजगारदाता प्रतिष्ठान र तीन लाख १६ हजार ९७१ योगदानकर्ता आबद्ध भएका छन् । कोषमा योगदानकर्ताले योगदान गरेको रकम हालसम्म १३ अर्ब ३७ करोड रुपियाँ पुगेको कोषले जनाएको छ । गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]