२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २०, २०७८

सप्तरी – केहि दिन अगाडि अस्पतालमा रेबिजका बिरामीहरु भर्ना भएका थिए र मृत्यु समेत भयो। रेबिज भाइरसका लक्षणहरु देखिए मृत्यु निश्चितप्राय हुने गर्दछ। जति सक्दो चाँडो रेबिजविरुद्धको खोप लगाउन सकियो भने रेबिजको मृत्युलाई भने रोक्न सक्दछौं। तर खोपको उपलब्धता सहज र नि:शुल्क हुँदाहुदै पनि रेबिजको कारणले मृत्युबरण गर्नेहरुको क्रम भने रोकिएको छैन।

अझ वर्षेनी तथ्यांक हेर्ने हो भने रेबिजको कारणले मृत्यु हुनेहरुको संख्या घट्नुको सट्टा बढेको देखिन्छ।

लेखकको बर्षौको अनुभबले रेबिजबाट मृत्यु भइरहेकाहरुमा निम्न पाँच मुख्य कारणहरु देखेका छन्:

१) कुकुरको उमेर (वा शरीर) सानो छ भनेर खोप नलगाउदा।

२) कुकुर वा जनावरले टोकेको घाउ सानो देखेर खोप नलगाउदा।

३) घरको कुकुरले टोकेको भनेर खोप नलगाउदा (विशेष गरेर गाउँघरमा बढी देखिन्छ)।

४) गहिरो/धेरै वा घाँटीभन्दा माथि/औंलाहरुमा टोकाईको कारणले भएका गम्भीर प्रकृतिका घाउहरुमा तत्काल ‘रेबिज इम्युनोग्लोबुलिन’ नलगाउदा।

५) जनावरको टोकाईपछि सम्बन्धित चिकित्सकसँग रेबिज सम्बन्धित परामर्श नलिदा।

हाल अस्पतालमा कोभिड-१९ को लहर ओरालो लाग्दै गर्दा जनावरको टोकाई पछि एन्टी रेबिज खोप लगाउनेको लहर ह्वात्तै बढेको छ। जीवनशैलीमा देखिएको परिवर्तनसंगै घर-घरमा कुकुर पाल्नेहरु पनि बढिरहेका छन्।

सामुदायिक कुकुरले मात्र होइन घरमा पालेका कुकुरहरुले टोकेर खोप लगाउन आउनेहरुको संख्या पनि आजभोली उल्लेखनीय रुपमा बढेको देखिन्छ। हरेक देशहरुमा रेबिजबाट मृत्यु हुने कारणहरु फरक फरक हुनसक्दछ। तसर्थ, माथि उल्लेखित कारणहरुको प्रभावकारी सम्बोधन गर्न सके मात्र आगामी दिनहरुमा ‘नरोकिएको रेबिज’ रोगलाई रोक्न सकिने रोगमा परिणत गर्न सम्भव हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]