१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १९, २०७८

काठमाडौं – रुसी अर्बपति रोमन अब्रामोभिचले चेल्सी फुटबल क्लब बिक्री गर्ने भएका छन् । अब्रामोभिचले करिब २ दशकको स्वामित्वपछि चेल्सी बिक्री गर्ने निर्णय गरेका हुन् । पछिल्लो समय रुससँगको सम्बन्धका कारण इङ्लिस क्लबका मालिक अब्रामोभिचमाथि प्रतिबन्ध लगाउनुपर्ने चर्चा बेलायती संसदमा चल्दै आएको थियो । यसैबीच, उनले क्लब बिक्री गर्ने घोषणा गरेका हुन् ।

अब्रामोबिचले क्लब सञ्चालक समितिलाई एक परोपकारी संस्था स्थापना गर्न निर्देशन दिएका छन् । चेल्सी बिक्रीबाट आउने सम्पूर्ण आम्दानी सोही परोपकारी संस्थामा जानेछ भने उक्त संस्थाले युक्रन युद्धका पीडितहरुको हितमा काम गर्ने क्लबको आधिकारिक वेबसाइटमार्फत जानकारी गराएका छन् । युक्रेन आक्रमणपछि बेलायतले १०० भन्दा बढी रुसी नागरिक तथा कम्पनीहरुमा प्रतिबन्ध लगाएको छ ।

यद्दपि, अब्रामोभिच भने अझै पनि प्रतिबन्ध बाहिरै रहेकाले उनलाई पनि प्रतिबन्ध लगाउनुपर्ने बेलायती सांसदहरुले आवाज उठाउँदै आएका छन् । चेल्सी फुटबल क्लबका लागि ४ अर्ब डलरको प्रस्ताव आउने अनुमान गरिएको छ । अब्रामोभिचले सन् २००३ मा चेल्सी फुटबल क्लब खरिद गरेका थिए । उनको स्वामित्वमा चेल्सीले ५ वटा इङ्लिस प्रिमियर लिग र २ वटा युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]