काठमाडौं – इकमर्स कम्पनी दराजले आइएमई पेसँगको साझेदारीमा आइतबार आइएमई पे डे सुरु गर्ने घोषणा गरेको छ। यससँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम ३५० रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउने जनाएको छ।
साथै, दराजका ग्राहकहरूले आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम ५ सय रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउने भएका छन्।
सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन्।
आइएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भौचरहरू दराज एप वा वेबसाइट मार्फत सङ्कलन गर्नुपर्ने बताइएको छ। संकलित भौचरहरू चेकआउटको समयमा स्वतः लागू हुने कम्पनीले जनाएको छ।