२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १९, २०७८

सप्तरी – कञ्चनपुरस्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले घरघरमा पसेर धम्याउन थालेको छ । सीमा क्षेत्रमा कल्भर्ट निर्माणको कारण देखाउँदै एसएसबीले हतियारसहित नेपाल भित्रिएर धम्याउन थालेको हो ।

हतियारसहित आएको एसएसबीको समूहले बुधबार राति आनन्दबजारका सर्वसाधारणलाई गालीगलौज गर्दै घर छाड्न धम्की दिएको स्थानीय बताएका छन् ।
एसएसबीले नेपाल प्रहरीकै सामुन्ने नेपाली पत्रकार हेमन्त न्यौपानेलाई फोटो खिचेको आरोपमा घाँटी समाएर फोटो डिलिट गर्न लगाएको छ ।

कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव चन्द्रमणी गैरेलाई अपशब्द प्रयोग गर्दै भारती भूमिामा भेटे कुट्ने धम्कीसमेत दिएको गैरे बताउछन् । नेपाली बजरमा आएर हतियार उठाउँदा समेत नेपाली प्रशासन मौन रहेको भन्दै स्थानीयले आक्रोशित बनेका छन् । बुधबार राति भारतीय एसएसबीले नेपाली सर्वसाधारणमाथि लाठीचार्ज समेत गरेको छ ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन चन्द यसबारे सशस्त्र प्रहरीले जिम्मा लिनुपर्ने भन्दै पन्छिए ।

करिब एक घण्टापछि घटनास्थल पुगेका सशस्त्र प्रहरीका निरीक्षक रामबहादुर खत्रीले समस्या जटिल भएकाले जिल्लाबाट नै सामाधान खोजिनुपर्ने बताए । (यसअघिको समाचारमा कञ्चनपुरको आनन्द बजार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]