२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

सप्तरी – नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेले सत्ता केन्द्रीकरण गर्दै संसद निमोठ्ने प्रयास गरेको आरोप लगाएका छन् ।

बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले एमालेलाई संसद फोबिया भएको बताए ।

कार्यक्रमको उद्धघाटन गर्दै नेता खनालले एमालेले सत्ता हाँक्न जनताले दिएको अवसर दक्षिणपन्थको मार्गमा हिँड्दै फुटवादतर्फ गएको उल्लेख गरे।

पार्टीले त्यसको आलोचना गर्दा असहयोगको नाममा संसद नै निमोठ्ने प्रयास गरेको उनले बताए । अहिले प्रतिपक्षमा हुँदा नारा लगाएर संसद चल्नै नदिने अवस्थामा पुग्नु संसद फोबिया भएको उनको भनाइ छ ।

युक्रेन र रुसबीचको द्वन्द्वमा धारणा बनाउन हतार गर्न नहुने भन्दै खनालले असंलग्न पराराष्ट्र नीति लिएको राष्ट्रले हतारमा कसैको पक्ष लिन नहुने बताए ।

उनले प्रश्न गरे, ‘असन्तुलित कूटनीतिक प्रदर्शन गर्दै सरकारले के अमेरिकी शिविरमा ढल्किएको हो ? यसको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]