२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

सप्तरी – बाजुरा जिल्लाको खप्तड क्षेडेदह गाउँपालिका २ जय बागेश्वरीका ६८ वर्षीय मिनबहादुर सिंह हत्या गरि फरार भएको ३१ वर्षपछि पक्राउ परेका छन्। २०४८ साल असोज ६ गतेका दिन भैँसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए।

३१ वर्षदेखि फरार रहेका सिंहलाई पक्राउ पछि जिल्ला प्रहरी कार्याल बाजुराले आज प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। सिंहलाई ३१ वर्षपछि लुकिछिपि बसेको अवस्थामा कैलाली प्रहरीको सहयोगमा धनगढीको सन्तोषी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझाले जानकारी दिए।

२०५४ साल भदौ २५ गते पुनरावेदन अदालत दिपायलले मिनबहादुर सिंह समेतका प्रतिवादीहरुलाई जन्मकैदको फैसला गरेको थियो। त्यस्तै २०७५ असार २८ गते सर्वोच्च अदालतले निज प्रतिवादीलाई १० वर्षको कैद सजायँ फैसला गरेको थियो।

सो फैसला मितिदेखि नै निज प्रतिवादी सिंह ३१ वर्षदेखि फरार रहेका थिए। ३१ वर्षपछि पक्राउ गरिएका सिंहलाई आजै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]