२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

काडठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बा विरुद्ध आरोप पत्र दायर गरेको छ ।

जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत नायव सुब्बा विनोद प्रसाद साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले साहलाई सेवाग्राहीबाट रू. ३ हजार ५०० घूस लिइसकेको अवस्थामा गत माघ २० गते नियन्त्रणमा लिएको थियो ।

साहलाई बिगो रू. ३ हजार ५०० कायम गरी बुधवार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]