२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

काठमाडौं – आगामी भदौका लागि निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्न थालेका छन् । तीजलाई लक्षित गर्दै निर्माताहरुले ‘डेट बुक’ गर्न थालेको देखिन्छ ।

वैशाखमा केही चलचित्रको प्रदर्शन मिति तय भइसकेको छ भने निर्माताहरु जेठ, असार र साउनमा चलचित्र रिलिजका लागि खासै रुचि देखाउँदैनन् । झरी पर्दा दर्शक हलमा नआउने सोचाइका कारण निर्माताहरुको रोजाइमा भदौ पर्न थालेको हो ।

आगामी दशैंमा पनि अभिनेता अनमोल केसीको ‘हनी बनी’देखि निर्माता तथा अभिनेता दीपकराज गिरीको ‘छक्का पञ्जा ४’ले प्रदर्शन मिति तय गरिसकेकाले अन्य निर्माताहरुले खासै आँट गरेका छैनन् ।

यसैले भदौ १० गतेबाट हरेक साता नयाँ नेपाली चलचित्र रिलिज हुने देखिएको छ । भदौ १० गते खगेन्द्र लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘पानी फोटो’ रिलिज हुँदैछ ।

यसको एक सातापछि सुवर्ण थापाको निर्देशनमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘राधा’को प्रदर्शन मिति तय गरिएको छ ।

यसै महिनामा अर्को आशा गरिएको चलचित्र ‘बाबरी’को पनि प्रदर्शन मिति तय भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा धीरज मगर, अदिती बुढाथोकी र धीरज टोटलानीको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’ भदौ ३१ गते रिलिज हुने भएको छ ।

नेपाली चलचित्रको रिलिज मितिको लाइनअप तिहारसम्मलाई नै देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]