
काठमाडौं – अभिनेता दीपकराज गिरीले पल शाह प्रकरणमा सांकेतिक रुपमा व्यंग्य गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले गल्ली गल्लीमा न्यायलय र घर घरमा न्यायाधीश भएको भन्दै यो प्रकरणमाथि व्यंग्य गरेका हुन्।
पलविरुद्ध बलात्कारको जाहेरी परेपछि कलाकारिता क्षेत्र दुई पक्षमा बाँडिएको छ। एक पक्ष पलको समर्थनमा लागेको छ भने अर्को पक्ष न्याय र कानुनको पक्षमा लागेको छ। यसबीच मंगलबार रेखा थापा, ऋचा शर्मा, सञ्चिता लुइँटेललगायत अभिनेत्रीहरुले पनि कानुनलाई आफ्नो काम गर्न दिनुपर्ने तर्क प्रस्तुत गरेका थिए। अन्य कलाकार पनि पलको समर्थनमा बस्ने वा मौन बस्ने भइरहेको छ।
यसबीच मा गिरीले यो प्रसंगलाई लिएर व्यंग्य गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो चाहिँ दोषी हो, त्यो चाहिँ ठिक। एउटा पक्षसँग प्रेम, अर्कोसँग रिस। गल्लीगल्लीमा न्यायालय, घर घरमा न्यायाधीश।’