
सप्तरी – सुनसरीमा ट्याक्टरकाे ठक्करबाट एक वृद्धकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गढी गाउँपालिका-६ का ७० वर्षीय हरिलाल मगरदैता रहेका छन् ।
मंगलबार राति ९ बजे प्रदेश १-०२-००३ त नम्वरको ट्याक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसिरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर दिँदा मगरदैता गम्भीर घाइते भएका थिए ।
घाइते भएका मगरदैताको उपचारको क्रममा विराटनगरस्थित विराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सवारी दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।