२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

झापा – नेपाल–भारत सिमाना छुट्ट्याउन मेची नदी आसपासमा राखिएका एकतिहाइ सीमास्तम्भ आफ्नो नगर क्षेत्रबाट हराएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

मेचीनगरको पूर्वी क्षेत्र भारतसँग लगभग ३२ किलोमिटर सीमा जोडिएको छ । यस क्षेत्रमा नेपाल–भारत सिमाना छुट्टयाउन राखिएका २२१ सीमास्तम्भमध्ये १४८ वटा मात्र भेटिएको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए । ७३ सीमास्तम्भहरू हराएको पाइएको जनाउँदै उनले त्यसबारेमा नेपाल सरकारलाई औपचारिक जानकारी गराउने बताए ।

मेचीनगर नगरपालिकाको पूर्वी भाग भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लासँग जोडिएको छ । मेची नदीलाई सामान्यतया सीमा नदी मानिने गरिए तापनि वास्तविक सीमारेखा छुुट्ट्याउन नदीको आसपासमा सिमेन्टको सीमास्तम्भ गाडिएका छन् ।

निकट भविष्यमा सीमा सुरक्षा सम्बन्धमा नेपाल र भारतबीच सचिवस्तरीय बैठक हुन लागेका बेला मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्रको सीमाको अवस्थाबारे बुझ्न सीमा अनुगमन गरिएको हो । नगरप्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, वडाध्यक्षहरू, सशस्त्र प्रहरी, सञ्चारकर्मीसहितको टोलीले गएको सोमबार नगरसँग सीमा जोडिएको ३२ किलोमिटर सीमा क्षेत्रको अनुमगन गरेको थियो ।

भारतीय नाकासँग सीमा जोडिएको मेचीनगरको सीमाको अवस्था कस्तो छ भन्ने जानकारी लिन अनुगमन गरिएको नगरप्रमुख आचार्यले बताए । “हाम्रो नगरभित्र सीमामा समस्या छ/छैन अध्ययन गर्न भारतसँगको सीमा क्षेत्रको अवलोकन गरिएको हो,” उनले भने ।

मेचीनगरका वडा नम्बर–१, ४, ५, ६, ७ र १५ भारतसँग सीमा जोडिएको छ । सो क्षेत्रमा २२१ सीमास्तम्भहरू हुनुपर्नेमा १४८ वटा मात्र रहेको पाइएको हो । तीमध्ये ७३ स्तम्भहरू बाढीले बगाएको र केही पुरिएको अवस्थामा रहेको हुन सक्ने अनुमान छ । कतिपय ठाउँमा सीमास्तम्भ नभएकाले मिमाना छुट्टाउनै कठिन छ ।

टोलीले नेपाली र भारतीय सुरक्षाकर्मीसँग समेत सीमास्तम्भहरूका बारेमा जानकारी लिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]