२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

काठमाण्डाै – गएराति फरक सडक दुर्घटनामा काठमाण्डौमा दुई जना र दाङमा दुई जनाको ज्यान गएको छ । काठमाण्डौको कपनमा बा ६४ प १३९६ नम्बरको मोटरसाइकललले पैदलयात्रीलाई ठक्कर दिएर भएको दुर्घटनमा मोटरसाइकल चालक र पैदलयात्री दुवैको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक ओखलढुंगा घर भइ आरुबारी बस्दै आएका शिवराज कार्की र पैदलयात्री कपन बस्ने ओखलढुंगाकै हर्कपुरका दुर्गाबहादुर कार्की रहेका छन् । यस्तै दाङमा छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घोराही नगरपालिका वडा नम्बर १५ अजय चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । चौधरीलाई अटोमा चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । त्यस्तै गढवा गाउँपालिका वडा नमबर २ मा कार र मोटरसाइकल एकआपसमा ठोक्किंदा राप्ती गाउँपालिका वडा नम्बर ७ बस्ने १० बर्षकी सन्ध्या चौधरीको ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]