३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

उदयपुर – चाेरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर वन कार्यालमा बुझाए पनि वनका कर्मचारीले त्यसै छाडिदिएका छन् । प्रहरीले अवैध काठसहित पक्राउ गरी वन कार्यालयलाई बुझाएकाे थियाे तर वन कार्यालयले अनुसन्धान नै नगरिकन छाडिदिएकाे छ । प्रहरीले उदयपुरको बेलका नगरपालिका–२ स्थित गिदेरी खोलाबाट काठसहित एक व्यक्तिलाई पक्राउ गरी सब डिभिजन वन कार्यालय तपेश्वरीमा बुझाएकाे थियाे ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले साेमबार सप्तकोसी सामुदायिक वन समूहभित्र अवैध रुपमा रुख काटिएको बेला उनलाई पक्राउ गरेका थियो । प्रहरीका अनुसार बयलगाडीमा लोड गरेर लान तयार पारेको अवस्थामा सालको पाँच टुना काठ बरामद भएकाे थियो । काठसहित पक्राउ पर्नेमा बेलका नगरपालिका– २ शान्तिनगरका २८ वर्षीय दिपक रिखाम मगर, ३० वर्षीय विश्वनाथ चन्द्रवंशी, ६५ वर्षीय मानबहादुर मगर र ४५ वर्षीय महेन्द्रबहादुर राई थिए ।

उनीहरूलाई प्रहरीले बुझाएलगत्तै वन कार्यालयले छाडेकोे स्थानीयकाे भनाइ छ । उनीहरुका अनुसार सब डिभिजन वन कार्यालय तपेश्वरीका कर्मचारीहरू रकमकाे प्रलोभनमा परेर उनीहरूलाई सामुदायिक वनको जिम्मामा लगाएको हो । तर, सब डिभिजन वन कार्यालय तपेश्वरीका सहायक वन अधिकृत विनोदकुमार साहले सामुदायिक वनको विद्यानअनुसार बरामद काठ र मानिसहरू समुहलाईनै जिम्मा लगाएको बताए । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमार थापाले सब डिभिजनबाट बुझि लिएकाहरूलाई समूहको निर्णयअनुसार जरिवाना गरेर छोडेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]