३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

सप्तरी – उनलाई प्रहरीले १५ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा पक्राउ गरेको थियो। पक्राउ परेका ३२ वर्षीय पुरूष बालिकाको नातामा भिनाजु पर्छन्।

बलात्कारको खबर प्रहरीले विद्यालयबाट पाएको थियो। सोही सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, चापागाउँबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले ती पुरूषलाई पक्राउ गरे पनि उनले बलात्कार गरेकोबारे स्वीकारेका थिएनन्। बालिकाले पनि आफूमाथि बलात्कार गरेको भन्न मानिनन्।

त्यसपछि प्रहरीले भिनाजुमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढायो।

पीडित बालिकाले आफ्ना साथीहरू माझ महिनावारी रोकिएको र बलात्कृत भएको सुनाएकी थिइन्। त्यसपछि विद्यालयकै शिक्षकमार्फत् प्रहरीलाई खबर पुग्यो।

तर बालिकाले आफूमाथि बलात्कार भएको भन्ने स्वीकार्न मानेकी थिइनन्।

‘सुरूमा त बालिकाले केही भएको छैन। किन ल्याइयो जस्ता कुरा भन्थिन्,’ एसएसपी किरण बज्राचार्यले भनिन्,’ केही बोल्नै मानेकी थिइनन्। रूने, रिसाउने जस्तो भएको थियो। हामीले समयमै उद्दार नगरेको भए जे पनि हुन सक्थ्यो। बालिकाको ज्यान जोखिममा थियो।’

प्रहरीले ती बालिकालाई एक संस्थाको संरक्षणमा राखेर काउन्सेलिङ गराएपछि उनले घटनाबारे बताएकी छन्।

‘दुई तीन दिनसम्म काउन्सेलिङ गराएपछि घटनाबारे बताइन्,’ उनले भनिन्।

प्रहरीले उनको स्वास्थ्य परीक्षण गराउँदा ७ महिनाकी गर्भवती भएको रिपोर्टबाट देखिएको छ। ती बालिका आफ्नी दिदी र भिनाजुसँग तीन वर्षदेखि बस्दै आएकी थिइन्।

उनी कक्षा ७ सम्म नयाँदिल्लीमा बसेर पढेकी थिइन्।

घटनापश्चात पनि दिदीले गर्भपतन गराइदिने, पढाइ हेरिदिने जस्ता कुराहरू समेत गरेको बालिकाको भनाइ उद्धृत गर्दै एसएसपी बज्राचार्यले बताइन्।

‘बालिकाको ‘ब्रेन वास’ गरिएको थियो। बालिकाले आफूलाई दिदीले पढाइदिन्छु भनेका छन् भनेर भन्दै थिइन्। लामो समयको काउन्सेलिङपछि बोल्न मानिन्। बालिकाले समय लिएरै भए पनि साहस देखाइन्,’ उनले भनिन्।

प्रहरीले अहिले भिनाजुमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]