
धनगढी – धनगढीमा एक पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-३ बिशालनगरमा रहेको बिएमबी सप्लायर्समा बुधबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक विष्टले बिएमबी सप्लायर्सको गोदाममा आगलागी भएको जानकारी दिए ।
उनका अनुसार दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
आगलागीबाट गोदाममा भएको सबै सामान जलेर नष्ट भएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।