३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

काठमाडौं – नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालमा नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी सुरु भएको छ । फागुन २७ गतेदेखि पोखरामा हुने अधिवेशनबाट नेतृत्वमा आउनका लागि नेताहरुले लबिङ तीव्र बनाएका छन् ।

अध्यक्षसहित कुल १७ पदाधिकारीका लागि पत्रकारहरुले आफूनिकट नेतासँग भनसुन थालेका छन् । पार्टीले जनवर्गीय संगठनको पदाधिकारी १७ सदस्यीय बनाउन निर्देशन दिएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य जस्तै छ । तर कुन पदमा कतिजना हुने भन्ने टुंगो लागेको छैन ।

अहिलेसम्मको अभ्यासअनुसार एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, एक कोषाध्यक्ष र १० सचिव हुने सम्भावना प्रबल छ । नेताहरुले यसैअनुसार तयारी थालेका छन् ।

१० सचिवमा सात प्रदेशबाट एक–एक जना, उपत्यका, एशोसियट र प्रतिष्ठानबाट एक–एकजना चुनिने छन् । यसमा अझै टुंगो भने लागिसकेको छैन । सात प्रदेशबाट एक–एक सचिव र तीन खुला सचिव चुनिने सम्भावना पनि छ । त्यस्तै, सचिवको संख्या घटाएर उपाध्यक्ष बढाउनेबारे पनि छलफल भइरहेको बताइएको छ । यी सबैको टुंगो महाधिवेशनको बन्दसत्र हलले नै लगाउनेछ ।

उपाध्यक्ष वा सचिवको संख्या यताउता भए पनि व्यवस्थापन हुने अहिले चर्चामा नाम आएकाहरुको नै हो ।
अहिलेसम्म अध्यक्षका लागि तीनजनाले आकांक्षा व्यक्त गरेका छन् । जसमा अहिलेका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष गणेश पाण्डे र टीका विष्टले खुलेर उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालले यसअघि वरिष्ठ उपाध्यक्ष भइसकेको र अघिल्लोपटक पनि त्याग गरेका कारण यसपटक आफू अध्यक्ष चुनिनेमा विश्वस्थ रहेको बताएका छन् । त्यस्तै उपाध्यक्ष पाण्डेले आफू निरन्तर संगठनको काममा सक्रिय भएका कारण आफ्नो दाबी स्वभाविक भनेका छन् । पाण्डे अहिलेको महाधिवेशन आयोजक कमिटीका संयोजक हुन् । उपाध्यक्ष विष्टले आफू निरन्तर संगठनको काममा लागि परेको भन्दै अध्यक्षका लागि लबिङ गरिरहेकी छन् । उनले इतिहासमा नै पहिलोचोटि संगठनले महिला नेतृत्व पाउने अवसर भएकाले आफूलाई सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् ।

अहिलेका अध्यक्ष गणेश बस्नेतले सचिवालय बैठकमै आफू फेरि नदोहोरिने घोषणा गरिसकेका छन् ।

तीनजनाबीच चर्को दाबी भएमा वरिष्ठबाट प्रमोद दाहाल वा श्रीधर आचार्यलाई अध्यक्ष बनाउने गरी सहमतिको प्रयास भएको पनि बुझिएको छ । तर त्यसको सम्भावना न्यून छ ।

नेपाल, पाण्डे र विष्टले अहिलेसम्म आफू नै सर्वसम्मत अध्यक्ष चुनिने र नभए चुनाव लड्न पनि तयार रहेको बताइरहेका छन् । चुनाव भएमा अहिलेका अध्यक्ष बस्नेतको समर्थन पाउनेले जित्ने सम्भावना बढी छ । बस्नेतले अहिलेसम्म खुलेरै कसैको समर्थन गरेका छैनन् ।

त्यस्तै दुई उपाध्यक्षका लागि देविका घर्ती मगर, लोग्शरी कुँवर, भरत केसी र लालबाबु सेखको चर्चा धेरै छ । एक कोषाध्यक्षका लागि हरिबल्लभ नेपाल, संगम महत, विष्णु तारुके र नवराज कुँवरले चाह राखेको नेताहरुले बताएका छन् ।

त्यस्तै महत्वपूर्ण मानिने एक महासचिवका लागि चारजनाले आकांक्षा राखेका छन् । जसमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सञ्चार क्षेत्र सम्हालेका चेतन अधिकारी, अहिलेका उपमहासचिव हिरामान लामा, कोषाध्यक्ष ईन्द्र आचार्य र केन्द्रीय सदस्य प्रकाश सिलवालले चाहना व्यक्त गरेका छन् ।

अधिकारी नै महासचिव हुने अवस्थामा सिलवाल र आचार्य बाधक नबन्ने बताइएको छ । त्यो अवस्थामा उनीहरु उपमहासचिव हुन सक्नेछन् । अन्नतः सिलवालले सचिवमा चित्त बुझाउनुपर्ने सम्भावना धेरै छ । महासचिवका लागि सशक्त दाबेदार लामाले सहमतिको प्रयास हुँदा उपाध्यक्ष वा उपमहासचिव नै दाहोर्याउने सम्भावना पनि छ । त्यस्तै रामकृष्ण ज्ञवाली पनि उपमहासचिवका लागि धेरै सम्भावना बोकेका पत्रकार नेता हुन् । चुनाव नै हुने स्थितिमा भने उनीहरुले मैदानमा उत्रने बताइरहेका छन् ।

सचिवमा सबैभन्दा धेरै आकांक्षी देखिएका छन् । यद्यपि, बढी चर्चामा प्रदेश १ बाट विक्रम लुँइटेल र देवेन्द्र कार्की, मधेस प्रदेशबाट फणि महत, वाग्मतीबाट दिनेश थापा, रामेश्वर कार्की, हेमराज सिलवाल र माधव तिवारी, गण्डकीबाट शुष्मा पौडेल र विष्णु शर्मा, लुम्बिनीबाट प्रदीप आचार्य, सुरेश सुमन डाँगी र टीका बस्नेतको नाम छ । त्यस्तै सुदूरपश्चिमबाट गोबिन्द रोस्यारा, दिलबहादुर छत्याल र लक्ष्मण तिवारीको नाम चर्चामा छ ।

त्यस्तै खुल्ला सचिवमा विमल नेपाल, मोहन बास्तोला र शरद सापकोटालगायतको दाबी छ । सँगै भूगोलबाट सचिवमा नपरे खुल्लाबाट आउन चाहनेहरु पनि छन् । उपत्यका, एशोसियट र प्रतिष्ठानबाट सचिव चुनिने अवस्थामा पनि यिनै पात्रहरु व्यवस्थापन हुने हुन् ।

उल्लेखित नामहरु प्रारम्भिकरुपमा आएका हुन् । यसबाहेक पनि विभिन्न पदका आकांक्षीहरु थुप्रै हुन सक्छन् । र, पदाधिकारीमा एउटा पद नपाए अर्कोमा व्यवस्थापन हुनसक्ने सम्भावना छ ।

एमालेले भूगोलदेखि जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरिरहेकाले प्रेस चौतारीको नेतृत्व पनि सर्वसम्मत चुन्ने प्रयास छ । यद्यपि, सर्वसम्मत नभए ‘टीका लगाएर घोषणा’ भने नगर्ने मुडमा पार्टी प्रचार विभाग रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]