०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

सप्तरी – चौरजहारीवासीले खानेपानीको ५ युनिटसम्मको महशुल शुल्क तिर्नु नपर्ने भएको छ । पालिकाभित्रका उपभोक्तालाई शुल्क मिनाहा गरिएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ स्थित खानेपानी आयोजनाको ट्यांकी ।

नगरपालिकाले विजयश्वरी–चौरजहारी सुक्खा खानेपानी आयोजनामार्फत वितरित पानीमा ५ युनिटसम्मको शुल्क तिरिदिने व्यवस्था मिलाएको जनाएको छ । यसअघि उपभोक्ता आफैंले आयोजनालाई तिर्दै आएको महशुल एकमुष्ट भुक्तानी गर्ने गरी नगरपालिकाले प्रक्रिया अघि बढाएको छ । जसका लागि नगरपालिका र विजयश्वरी–चौरजहारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच सम्झौता भइसकेको छ । संस्थाका अध्यक्ष तेजबहादुर बटालाले विद्युत् महसुलमा उपभोक्तालाई छुट दिइएको जानकारी दिए । ‘पानी प्रयोग गरेबापत् ५ युनिटसम्मको विद्युत् महसुल पनि अब उपभोक्ताले तिर्नुपर्ने छैन,’ उनले भने, ‘अब यसको भुक्तानी नगरपालिकाबाट हुनेछ ।’ महसुलको विषयमा नगरपालिकासित सम्झौता भइसकेको र अब उपभोक्ताबाट शुल्क बापतको रकम नउठाइने उनले जानकारी दिए ।

संस्थाले उपभोक्ताबाट ६ युनिटसम्मको पानी प्रयोग गरेको ३ सय रुपैयाँ महसुल लिने गरेको छ । ७ देखि प्रतियुनिट बढ्दै जाँदा ६० रुपैयाँ थपिँदै जाने गरी मापदण्ड तोकिएको छ । चौरजहारी नगरप्रमुख विशाल शर्माले आधारभूत आवश्यक्ताको रुपमा रहेको खानेपानीमा छुट दिने निर्णय गरिएको बताए । ‘पानी सबैका लागि महत्वपूर्ण छ, यसमा नगरपालिकाले केही योगदान गर्न खोजेको हो,’ उनले भने, ‘अहिले ५ युनिटसम्मको पानीको महसुल उपभोक्ताले नतिनुपर्ने गरी निर्णय गरेका छौं ।’

आयोजनामार्फत १, २ र ३ नम्बर वडाका ११ सय ७० उपभोक्ताको घरमा पानी वितरण भएको छ । यसअघि खानेपानीका कारण समस्या व्यहोरेका चौरजहारी उपत्यकावासीले पछिल्लो २ वर्षयता ढुक्कले खानेपानी पाइरहेका छन् । २०७६ फागुन २ मा आयोजना निर्माण भएको थियो । २१ करोड ६५ लाख रुपैयाँमा बनेको आयोजनाले आफूहरूको वर्षौंदेखिको खानेपानी समस्या हल गरेको २ नम्बर वडाका नरेन्द्र खड्काले बताए ।

उनका अनुसार चौरजहारीका बासिन्दालाई लामो समयसम्म ठूलीभेरी नदीको फोहोर पानी उपयोग गर्नुपर्ने बाध्यता थियो । आयोजना निर्माण भएपछि ठूलीभेरी नदीबाट खानेपानी ओसार्ने खच्चड र ट्यांकर विस्थापित भएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]