३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

सप्तरी – रुकुम-रुकुमपूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन्। सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो। कार्यक्रम लागू भएको सुरुको वर्ष अर्थात् आव २०७६÷७७ मा सिस्ने गाउँपालिकाका ३० घरपरिवारले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरको छाना हटाएर टिनको छाना हालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए।

उनका अनुसार आव २०७७/७८ मा ७६ घरपरिवारले टिनको छाना हालेका थिए। चालु आवको अहिलेसम्मको अवधिमा भने ६६ घरपरिवारले टिनको छानो फेरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए।चालु आवमा टिनको छाना फेरेका ६६ जनालाई भुक्तानीसमेत दिइसकेको गाउँपालिकाले जनाएको छ। खरको छाना हटाइ टिनको छाना हाल्नका लागि सम्झौता गरेकामध्येमा ८७ घरपरिवार अझै बाँकी छन्। उनीहरूमध्ये कतिपयले घर बनाइसकेका छन् भने कतिपयले बनाएका छैनन्।

उनीहरूलाई पनि भुक्तानीका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमा बजेट माग गरी पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए। उनका अनुसार गाउँपालिकाभरबाट टिनको छानाका लागि भनेर ५८३ वटा निवेदन परेका थिए। त्यसमध्येमा छनोटमा ३०९ घर परेका थिए भने सम्झौता २५९ घरपरिवारको भएको थियो। यसमा १ नं वडामा २५ घर, २ नं वडामा ४१ घर, ३ नं वडामा २० घर, ४ नं वडाका ४६ घरले छानो फेर्नका लागि सम्झौता गरेका थिए। यस्तै ५ नं वडाका ३९, ६ नं वडाका ४०, ७ नं वडाका २७ र ८ नं वडाका २१ घरपरिवारले सम्झौता गरेका थिए।

अन्य वडाका नागरिक टिनको छानो फेरेर भुक्तानीका लागि आए पनि १ नं वडाका नागरिक एक जना पनि नआएको गाउँपालिकाले जनाएको छ। भौगोलिक हिसाबले विकट, सडक नपुगेको ठाउँ सिस्ने–१ वासीलाई आउन जान तथा टिन ढुवानीको रु ५० हजारभन्दा धेरै खर्च हुने हुँदा मानिस नआएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए। छनोटमा परेका विपन्न परिवारले पहिले आफ्नै लगानीमा टिनको छाना हालेपछि प्राविधिकको अनुगमनपश्चात रु ५० हजार भुक्तानी दिने गर्दछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]