३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

चितवन – एमसीसीको विरोधमा आज चितवनमा आन्दोलन भइरहेको छ । नेपाल बन्द घोषणा गरेका विभिन्न राजनैतिक दलका कार्यकर्ताहरु सडकमा आएर नाराबाजी गरिरहेका छन् । संसदबाट एमसीसी पारित गरिएकाे विरोधमा ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आईतबार बसेको बैठकले आज नेपाल बन्द गर्ने घोषणा गरेका थिए ।

बन्द सफल बनाउन भन्दै सडकमा आएका दलका कार्यकर्ताहरुले राष्ट्रघाती एमसीसी खारेज गर, वर्तमान सरकार मुर्दावाद, नेपाल बन्द सफल पारौँ लगायतका नारा लगाएर बन्दकर्ता सडकमा देखिएका छन् ।

यता, जिल्ला प्रहरी कार्यलय चितवनले भने बन्दकर्ता शान्त तरिकाले प्रदर्शनमा रहेकाे भन्दै कार्यकर्ताले कसैलाई दु:ख नदिएको बताएको छ । बन्दका कारण चितवनमा छोटो तथा लामो दुरीका सवारी साधनहरू समेत सञ्चालनमा आउन सकेका छैनन् । पसलहरु पनि फ्याट्टफुट्ट मात्र खुलेका छन् ।

पुलचोकदेखि लायन्स चोकसम्म बन्दकर्ताकाे प्रदर्शन हुँदा असुरक्षा महसुस भएर पसल खोल्न नसकेको व्यवसायीले बताएका छन् । लायन्स चोकमा आएर नाराबाजी गर्दै आएका बन्दकर्ताका कारण नजिकै रहेको पेट्रोल पम्प समेत बन्द गरिएकाे छ ।

बन्दकर्तासँगै तीन वटा गाडीमा रहेका सुरक्षाकर्मीहरु भने बन्दकर्ताकाे नाराबाजी सुनिरहेका देखिन्छन् । जबकि सर्बसाधरणलाई सुरक्षा दिलाउनु सुरक्षाकर्मीको दायित्व हाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]