३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

काठमाडौं – प्रतिपक्षी नेकपा एमाले सांसद मोहन बानियाँ जबर्जस्तीकरणी आरोपमा पक्राउ परेका छन् । सोमबार काठमाडौं फर्कंदै गरेका सांसद बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका हुन् ।

नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका सांसद बानियाँमाथि ४० बर्षीया पीडित महिलाले होटेलमा जबर्जस्तीकरणी गरेको भन्दै २७ माघमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा उजुरी दिएकी थिइन् । पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसाको लोभ देखाएर महिलालाई होटेलमा बास बस्न बोलाएर जबर्जस्तीकरणी गरेको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

महिलाले सांसद बानियाँविरुद्ध उजुरी दिएसँगै पक्राउ पूर्जी जारी गरिएको थियो । महिलाले सांसद बानियाँविरुद्ध जाहेरी दिए पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । तर, सोमबार भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]