३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

काठमाडौं – १७ वर्षिय नाबालिग गायिकालाई कर णी गरेको मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आ’त्म’सम’र्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।

फागुन ११ गते पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा कर णीको कसूरमा जाहेरी परेपछि उनी फरार थिए । जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसक्रममा प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ पनि गरेको थियो । फरार रहेको चार दिनपछि आइतवार शाह प्रहरीसामु उपस्थित भएका हुन् ।

आइतवार नै पल शाहविरुद्ध उनै नाबालिग गायिकाले नवलपरासीको गैंडाकोट प्रहरी कार्यालयमा पनि कर णीको मुद्धामा किटानी जाहेरी दिएकी छन् । प्रहरीमा दर्ता गराएको जाहेरी पत्रमा २०७७ चैत ७ गते एक म्यूजिक भिडियोको छायांकनको क्रममा गैंडाकोटको गैंडाकोट रिसोर्टमा कर णी गरेको आरोप शाहमाथि लगाइएको छ ।

यसै क्रममा एउटा युटुव च्यानलले एउटा भिडियो सार्वजनिक गरेको छ । भिडियोमा उक्त च्यानलको दावी अनुसार गायिकाकी दिदीले नारायण उपाध्यायको लिभिङ्ग रिलेसन र प्रमाणको गरिन् खुलासा गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]