३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका- १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किंदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

घोराही-तुलसीपुर सडकखण्डमा पर्ने दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर-१८ मोनिकापुरका २१ वर्षीय रेशम चौधरी रहेका छन् ।

त्यस्तै घाइते भएका मोटरसाइकल चालक तुलसीपुर-१८ का रमेश वली र हायस माइक्रोबस चालक २६ वर्षीय करण परियारलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लागिएको छ ।

त्यस्तै हाइस चालकका भाइ तुलसीपुर-१८ का २४ वर्षीय कमल परियारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते एक जना भने डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]