२८ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

मोरङ – हत्या भएको करिब ५ महिनासम्म अनुसन्धानको पाटोलाई मोरङ प्रहरीले गम्भीरतापूर्वक नलिएको पीडित पक्षले गुनासो गरेका छन्।
विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै मृतकका परिवार तथा छिमेकीले हत्याकाण्डमा संलग्नबारे किटानी जाहेरी दिँदासमेत प्रहरीले कारबाहीको पाटोलाई गम्भीरतापूर्वक नलिएको बताए।

गत तिहार भाइटीकाको दिन विराटनगर–१६ स्थित एक कल्भर्टमुनि सडेको अवस्थामा शव फेला परेको थियो। प्रहरीले अनुसन्धान गर्दै गर्दा मृतक सुनसरीको बर्जु गाउँपालिका–२ रामगञ्जका २० वर्षीय निकेश राय रहेको खुलेको थियो। हत्याकाण्डमा स्थानीय केही युवकको संलग्नताको आशंकामा गौमम राय, कोमल विक र मिथिलेश रायको नाममा किटानी जाहेरी दिएको मृतककी आमा सीता रायले बताइन्।

भारतमा रोजगारी गर्दै आएका निकेश चाडपर्वका क्रममा घर फर्किएको बताएकी आमा सीताले मिथिलेशसंग भनाभन भएको बताएकी छिन्। भनाभन र झगडापरेपछि मिथिलेशले निकेशलाई ज्यान मार्ने धम्कीसमेत दिएको उनले बताइन्।

सोबारे पीडित परिवारले विराटनगरको रानीस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएको जनाएको छ। यद्यपि, प्रहरीले मौखिक जानकारी भए पनि किटानी जाहेरी नआएको प्रस्ट्याएको छ। प्रहरीका अनुसार घटनाबारे सोही समय उल्लिखितलाई कार्यालयमा बोलाएर सोधपुछ गरिएको थियो। तर, उनीहरूको संलग्नताको आधार नदेखिएपछि छाडिएको कार्यालयका प्रहरी निरीक्षक प्रकाश राउतले बताए।

अर्कोतर्फ, हाल पीडित परिवारलाई आरोपित व्यक्तिले धम्क्याउन थालेको गुनासो गरेका छन्। प्रहरी कार्यालय पटक–पटक पुग्दासमेत सहयोग नभएको छिमेकी मौजे रायले बताए। लक्ष्मीपूजाको दिन बजार हिँडेका निकेशको शव भोलिपल्ट बिहान विराटनगर–१६ मा भेटिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]