३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

सप्तरी – नेकपा एमाले उदयपुरले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यक्रम अघि सारेको छ । पार्टीले केन्द्रिय नेतृत्वको उपस्थितिमा आठवटै पालिका प्रशिक्षण कार्यक्रमको आयोजना गरी कार्यक्रम अघि सारेको हो ।

कार्यक्रममा नेताहरूले निर्वाचन केन्द्रित टोलसम्म कमिटी गठन, प्रशिक्षण, रचनात्मक कार्यक्रम, भेला तथा सचेतनामूलक कार्यक्रम तय गर्न निर्देश गरेबमोजिम एमालेले टोललाई लक्षित गरी कार्यक्रम अघि सारेको हो।

हरेक निर्वाचनको पकेट क्षेत्र टोलवासी भएकाले टोल–टोलमा पुगेर कमिटी गठन, प्रशिक्षण, भेला लगायतका कार्यक्रम तय गरिएको जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख कालु लामाले बताए । उनले भने, ‘पालिका स्तरीय कार्यक्रम भइसकेको क्षेत्रमा वडा तथा टोल लक्षित कार्यक्रम र सम्पन्न हुन बाँकी रहेका ठाउँमा योजना तयारी गरिसकेका छौँ ।

कार्यक्रम अन्तर्गत त्रियुगा नगर कमिटीले वडा नं ११ स्थित शिवालय वरुवाधारमा दिपककुमार कार्कीको अध्यक्षतामा २१ सदस्य टोल कमिटी गठन र पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको वडा इन्चार्ज तथा त्रियुगा नगरपालिकाका वडासदस्य जितबहादुर खड्काले बताए ।कमिटीको उपाध्यक्षमा चन्द्र कार्की, सचिवमा रामचन्द्र खड्का, उपाध्यक्षमा लक्ष्मी कार्की र भक्तकुमारी विक लगायत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]