३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । सरकारको प्रस्तावमा हिजो प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएपछि उसले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।

आज बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । ‘राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरिएको हो,’ उहाँले भन्नुभयो ।

पछिल्लो समय गठबन्धन बैठकमा आफूहरुलाई सहभागी नगराएको गुनासो गर्दै आएको राष्ट्रिय जनमोर्चा अन्ततः गठबन्धनबाट बाहिरिएको छ । हिजो बसेको प्रतिनिधिसभा बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणपत्र जारी गरेर एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

तर, एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधान नेपालको राष्ट्रिय सुरक्षा र स्वाधिनता राष्ट्रहित विपरित रहेको भन्दै जनमोर्चा केही समययता सडक आन्दोलनमा थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]