
सप्तरी – सुर्खेतमा बन्दकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ । वीरेन्द्रनगरको मंगलबढी चाेकमा बन्दकर्ता र सुरक्षाकर्मीबीच ढुंगामुढा भएको हो ।
एमसिसी सदनबाट अनुमोदन भएको बिरोधमा विप्लवसहित विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका थिए ।
सुर्खेतका पिपिरा चोक, ऐरी चोक लगायतका विभिन्न चाेकमा बन्दकर्ताहरूले बिहानैदेखि सडकमा टायर बाल्ने र स्थानीय बजारसमेत बन्द गराउँदै हिँडेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहान टायर बाल्ने र स्थानीय बजार बन्द गराउँदै हिँडे पनि अहिले भने सामान्य झडप भएको हो ।
सुर्खेतमा बन्दको प्रभाव बिहानैदेखि परेको थियो ।