२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

सप्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग एमसिसी संसदबाट पारित भएपछि देश दुर्घटनाबाट बँचेको बताएका छन् । प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा विशेष सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

आफू शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता भएको र संविधानसभाबाट संविधान बनाउन मेहेनत गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘हिजो यो (एमसिसी) पारित भएपछि म खुशी छु । देश दुर्घटनाबाट बँच्यो । संविधान बँच्यो । गठबन्धन बँच्ने कुरा त त्यती ठूलो मान्दिन मैले । यसले (एमसिसीले) वैधानिक र कानूनी बाटो प्राप्त गरेको छ ।’

अध्यक्ष प्रचण्डले एमसिसीलाई ठीक ढंगले व्यवस्थापन नगर्दा वर्तमान सरकार गएर अर्को सरकार आउने मात्र नभइ शान्ति सम्झौता र संविधान नै दुर्घटनामा जाने खतरा देखिएको पनि बताए । ‘शान्ति सम्झौता नै दुर्घटनामा पर्ने चित्र देँखे मैले । धेरै ठूलो कुरा हो । शान्ति सम्झौताका जुन बाँकी कामहरु पूरा गर्नुपर्नेछ हामीले, त्यो नै दुर्घटनामा पर्ने खतरा, संविधान डिरेल हुने खतरा’, उनले भने, ‘यो सरकार जाने अर्को सरकार आउने मात्र देखिएन । धेरैचीज उल्टिने खतरा देखियो ।’

व्याख्यात्मक घोषणासहित एमसिसी पास भएपछि राजनीतिक दलहरुबीचको एकताको सन्देश गएको र देश विभाजित हुनबाट बँचेको उनको भनाइ छ । व्याख्यात्मक घोषणा अमेरिकाले मान्ने संकेत देखेपछि एमसिसीको सबै वैधानिक परस्थितीहरुको विचार गरेर केही नेताहरुको विमतीका बीच पार्टीले व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]