पाँचथर – ‘ज्याभलिन थ्रो’ खेलको अभ्यासका क्रममा घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । कन्चटमा चोट लागेर घाइते भएका पाँचथरको सिद्धकाली उच्च मावि फालेलुङ–२ एकतीनको कक्षा ४ मा अध्ययनरत १० वर्षीय अनुष राईको सोमबार बिहान उपचारका मृत्यु भएको हो ।
तीन दिनअघि घाइते भएका उनको पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बीएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो ।
राष्ट्रपति रनिङ शिल्डका लागि ‘ज्याभलिन थ्रो’ अभ्यास गर्ने क्रममा उनी घाइते भएका थिए । ‘ज्याभलिन थ्रो’ को डन्डीले कन्चटमा लागेर उनी गम्भीर घाइते भएका थिए । सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले ‘ज्याभलिन थ्रो’को अभ्यास गर्दा अनुशको कन्चटमा लागेको शिक्षकहरुले बताएका छन् ।