०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

काठमाडौं – संसदबाट एमसीसी परियोजना पारित भएसँगै त्यसको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा नेपाल बन्दकाो आह्वान गरेका छन् ।

बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते सोमबार नेपाल बन्द गर्ने निर्णय गरेको हो ।

नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरेको ती दलहरुले निकालेको संयुत्तः विज्ञप्तिमा भनिएको छ ।

यस्तै एमसीसी संसदबाट पास भएसँगै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । उनले सामाजिक संजालमार्फत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै संसदबाट राष्ट्रघाती एमसीसी सम्झौता अनमोदन गराईछाडेको भनेका छन् ।

उनले एक स्टाटसमार्फत भनेका छन्, आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं।’

यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको सदनले पारित गरेको व्याख्यात्मक घोषणा अमेरिकाको एमसीसीले अस्वीकार गरे सम्झौता खारेज हुने प्रतिक्रिया दिएका छन् ।

संसदबाट एमसीसी पास भएपछि पत्रकारसँग कुरा गर्दै उनले यसबारे अमेरिकी राजदूत र एमसीसीको प्रतिनिधिबाट सकारात्मक जवाफ आएको प्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी गराएको बताए ।

नेपालको व्याख्यात्मक घोषणा एमसीसीले नमान्दा सम्झौता खारेज हुने भन्दै उनले प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत र एमसीसीका प्रतिनिधिहरुले त्यसको जवाफ दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुनाएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]