३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १३, २०७८

जाजरकोट – आफूखुसी चिया पसल र चोकचोक लगायतका सार्वजनिक स्थलमा उम्मेदवारी घोषणा नगर्न नेपाली काँग्रेसले कार्यकर्तालाई निर्देशन दिएको छ।

नेपाली काँग्रेस जाजरकोट प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्यसमितिले कार्यक्षेत्र भित्रका जिल्लाका छेडागाड नगरपालिका, शिवालय गाँउपालिका, कुशेका केही वडा र जुनीचाँदे गाँउपालिका भित्रका कार्यकर्तालाई आफू खुसी उम्मेदवारी घोषणा गरेको पाईए कारवाही गर्ने चेतावनी दिएको छ।

आगामी निर्वाचनमा पार्टीलाई कमजोर बनाउने गरी आफूखुसी वडा सदस्य, वडाध्यक्ष, गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख उपप्रमुख र प्रदेश साँसद पदमा उम्मेदवारी घोषणा नगर्न क्षेत्रीय कार्यसमितिले निर्देशन दिने निर्णय गरेको क्षेत्रीय सभापति जनकराज शर्मा न्यौपानेले बताए।

आफू खुसी उम्मेदवारी घोषणा गर्दा विपक्षी पार्टीले चलखेल गर्ने, उचाल्ने र पार्टीमा मनमुटावको स्थिति सिर्जना हुने भएकोले उम्मेदवार घोषणा नगर्न निर्देशन दिने निर्णय गरेको सभापति न्यौपानेले बताए। पार्टीमा लगनशीलता, जनप्रियता, इमान्दारीता र त्यागी कार्यकर्ता तथा नेतालाई उचित स्थान दिइने भएकोले अनुशासनमा बस्न सवैलाई आग्रह गरेका छन्। कार्यकताको उचित मुल्यांकन हुन्छ। सवै ठाँउमा जित्ने गरि उम्मेदवारको टुङ्गो लगाउँछौ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]