१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारमा भेटेर फर्किएका छन्।

बिहान साढे १० बजेतिर खुमलटार पुगेका पोखरेल करिब एक घण्टा बसेर फर्किएको पोखरेलको सचिवालयले जनाएको छ। तर दुवै नेताबीच कुन-कुन विषयमा छलफल भयो भन्ने विषयमा जानकारी नभएको पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताए। ‘बिहान प्रचण्ड कमरेड र इश्वर कमरेडबीच भेटघाट भयो’ श्रेष्ठले भने, ‘कुन–कुन विषयमा छलफल भयो भन्ने विषयमा अपडेट लिन पाएको छैन। सायद पार्टी विवादका विषयमा छलफल भयो होला।’पार्टीमा अध्यक्ष केपी ओली र प्रचण्डवीच संवाद नै हुन छोडेपछि ओलीनिकट नेताहरुले प्रचण्डलाई भेट्न थालेका छन्। बैठकमा भेट भएकोबाहेक ओली र प्रचण्डबीच गत कात्तिक २५ यता एकल रुपमा भेटघाट भएको छैन।

पार्टी विवादका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएकी छिन्। बिहीबार राष्ट्रपतिले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई बोलाएर छलफल गरेकी थिईन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]