२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १३, २०७८

जलेश्वर – सवारी आवागमन सुचारु गर्न दिएको निर्देशन अझै पनि कार्यान्वयन हुन सकेको छैन् ।

यसैबिच महोत्तरीको भिठ्ठामोड नाकामा पनि सवारी आवागमन सुचारु गराउन सरोकारवालाहरुले स्थलगत भ्रमणको क्रममा विभिन्न सुरक्षा पदाधिकारीहरुसँग छलफल गरेको छ । नाकामा सवारी साधन सहज आवतजावतको लागि जिल्ला भन्सार कार्यालय भिठ्ठामोड तथा भारतीय भन्सार कार्यालयका पदाधिकारी र महोत्तरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले शुक्रवार छलफल गरेको छ । ‘ नाकामा सवारी आवागमनको लागि नेपालबाट हामी प्रयासरत छौं भने भारतीय पक्ष समेत सकारात्मक रहेकोले दुई चार दिनमा नाका पुर्ण रुपमा सुचारु हुने विश्वास छ ।’

छलफलमा सहभागी जिप्रका महोत्तरीका सहायक प्रजिअ तथा सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । जलेश्वर नगरपालिका , जिल्ला प्रशासन कार्यालय महोत्तरी तथा जिल्ला समन्वय समितिका पदाधिकारी समेतको सहभागिता रहेको टोलीले भिठ्ठामोडमा स्थलगत निरीक्षण गरि नाका सुचारु गराउन जिल्ला भन्सार कार्यालय महोत्तरीसंग समेत छलफल गरेको छ । सो क्रममा भन्सार कार्यालयले राजश्व संकलनको प्रक्रिया सुचारु गर्नुपर्ने, नाकामै कोरोना जांचको लागि पीसीआर ल्याबको बन्दोवस्ती लगायतका तयारी गरेपछि नाका सुचारु गरिने मौखिक निर्णय भएको सूचना अधिकारी न्यौपानेले बताए । पीसीआर ल्याबमा भारतबाट आउने सवार ीसाधनहरुलाई ७२ घण्टा सम्म कोरोना जांचको लागि प्रक्रिया पुरा गरेर भएपनि नाका सुचारु गर्ने बारे छलफल भएको थियो ।
जलेश्वर नगरपालिकाले पीसीआर ल्याबको बन्दोवस्ती गर्ने, जिल्ला भन्सार कार्यालयले ठप्प रहेको राजश्व संकलनको कामलाई सुचारु गरेपछि नाका खुल्ने अन्यथा अहिले नाका खोल्ने कुनै छाँट देखिएको छैन् । भारतीय भन्सारबाट खासै कुनै अवरोध नरहेको तर नेपाली भन्सारमै प्रक्रियागत अन्योलताले गर्दा नाका सुचारु गर्न ढिलाई भएको सहायक प्रजिअ एवम् सूचना अधिकारी न्यौपानेले स्पष्ट पारे ।

बेटीरोटीको सम्बन्ध भनिएको नेपाल–भारत सीमा नाका बन्द भएपछि जारी रहेको दशैंमा दर्शन गर्न वारिपारी गर्ने श्रद्धालुभक्तजनहरु समस्या भोग्न बाध्य छन् । नाका खुलाउने तयारी गर्ने निर्णय भएपनि कहिल्यैदेखि नाका खोल्नेबारे अन्योलताले शुक्रवारको नाका खुलाउने प्रयास असफल भएको छ । तर शुक्रबारको छलफलले दुई दिन भित्रै भारतीय सवारी साधनहरुलाई स्वास्थ्यले जांच गरेको पुर्जी दिएपछि भन्सारले सवारी आगमन शुल्क लिने निर्णय भएको छ । भारतले नाका खोल्न सहमति दिएपछि केही दिन यतादेखि भिठ्ठामोड नाकामा चहल पहल बढेको छ । अहिले नेपाली सवारी साधनहरु दशगजामै थन्काएर भारत तर्फ पैदल जान बाध्य छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]