३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १३, २०७८

सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिका क्षेत्रबाट लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ का २६ वर्षीय सुमित चौधरी र चौदण्डि नगरपालिका ८ का ३४ वर्षीय विद्यानन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बुधबार पक्राउ परेका उनीहरुबारे विहीबार प्रहरीले सार्वजनिक गरेको छ । डिएसपी माधप्रसाद काफ्लेका अनुसार उनीहरु चेकजाँचको क्रममा सप्तकोशी नगरपालिका अन्तरगत कंचनपुर–फत्तेपुर सडकखण्डबाट पक्राउ परेका हुन् । प्रदेश १–०५–००१ प.४५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर जस्तो देखिने वस्तु फेला परेको र सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]