३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १२, २०७८

काठमाडौँ – अदालतले बैंकिङ कसुर गरेको ठहर गरी रु ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आव २०७६/२०७७ नेपाल बैंक लिमिटेड, न्यूरोडस्थित आफ्नो खाताबाट रकम भुक्तान हुने गरी रकम नै नभएको जानीजानी जाहेरवालालाई झुक्यानमा चेक काटेर दिएका थिए ।

उक्त मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक २९ मा अधिकारीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुर प्रमाणित गरी रू ६२ लाख आठ हजार जरिवाना र १० दिन कैद हुने ठहर गरेको थियो ।

यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले आज तारकेश्वरबाट पक्राउ गरेको हो । अधिकारीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

नक्कली पूर्जा देखाएर ३३ लाख ठगी
यता, नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी रु ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना रु ३५ लाखमा दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेका छन् । पीडितलाई जग्गाको पूर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा पास गरिदिन्छु भन्दै आश्वासन दिएर रु ३३ लाख लिएर जग्गा बैनाको कागज बनाएको खुल्न आएको कुँवरले बताए ।

तोकिएको समयमा जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुलेपछि मात्रै पीडितले ठगीमा परेको थाहा पाएका थिए । पीडितले उजुरी दिएपछि महाशाखाले बुढाथोकीलाई पक्राउ गरेको हो । उनले अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनी नक्कली कागज बनाएर ठगी गरेको पाइएको छ । बुढाथोकीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]