३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १२, २०७८

काठमाडौँ – नायक पल शाहले आफूलाई जालसाजी गरेर फसाइएको बताएका छन्। नाबालिक गायिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि नायक शाहले आफ्नो फेसबुकमार्फत आफूलाई नियोजित ढङ्गले षड्यन्त्र गरी फसाउन खाेजेकाे बताएका हुन्।

उनले फेसबुकमा आफूमाथि षड्यन्त्र भएको भनी आफ्नै साथी, म्यानेजर, भिडियो निर्माता तथा गायकको नाम उल्लेख गरी अडियोसमेत सार्वजनिक गरेका छन्।

उनले लेखेका छन्, ‘ केही दिनअगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ, ती सबै नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले ममाथि प्रहार गरिएको छ।’

उनले उक्त सार्वजनिक क्लिपमा भनिए जस्तो सुतिरहेको अवस्थामा जबरजस्ती गरेको, २ वर्ष अगाडिदेखि सम्बन्धमा रहे पनि १ वर्षपछि गर्लफ्रेन्ड छ भनेको र उनलाई मार्न खोजिएको आरोप गलत रहेको स्पष्टीकरण दिएका छन्।

पलले ५ वटा अडियो सार्वजनिक गरेर दर्शक र मिडियाकर्मीलाई यो कुरा ठीक र बेठीक भएको छुट्याउन आग्रह गरेका छन्। उनले आफू गलत भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन्।

गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर षड्यन्त्र गर्ने व्यक्तिहरु भन्दै पलले साथी दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईको नाम उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]