१५ बैशाख २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका २ अमरैयामा एक पोथी हात्ती (ढोइ) मृत अवस्थामा फेला परेको छ । ४ दिनअघि भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आएको हात्ती बुधबार दिउँसो मृत अवस्थामा भेटिएको हो ।

तस्बिर सौजन्य : दिनेश यादव कुण्डा सवडिभिजन वन कार्यालय पचगडिया कञ्चनपुर ।
‘घाउचोट कतै देखिएको छैन, निकै कमजोर देखिएको छ,’ कुण्डा सवडिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेश यादवले भने, ‘आएकै दिन पनि निकै कमजोर देखिएको थियो, हामीले लालझाडीतिर लगाउन पनि खोजेका थियौं, तर सकेनौं ।’ उनका अनुसार लालझाडी संरक्षित वनको २ किलोमिटर दक्षिणतिर दोधारा नदी किनारमै उखुबारीमा हात्ती मृत भेटिएको हो ।

मृत हात्तीको लम्बाई १० फिट ९ इन्च, चौडाइ ७ फिट २ इन्च र पुच्छरको लम्बाई ३ फिट छ । हात्ती मृत्युको कारण खुलेको छैन । पशु अस्पताल महेन्द्रनगरको टोलीले हात्तीको मृत्युको कारण पत्ता लगाउन दिशा तथा रगतको नमुना संकलन गरेको उनले बताए ।

यादवका अनुसार उक्त हात्ती दोदा नदीमा पानी पिउने र उखुबारीमा चर्ने गर्थ्यो । हात्तीलाई सोही ठाउँमा खाल्डो खनेर गाडिएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]