
बर्दिया – पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको पाटे बाघको आक्रमणबाट मंगलबार बेलुका ज्यान गएको हो ।
उनको घर निकुञ्जसँगै जोडिएको छ । करिव साढे सात बजे आफनो घर नजिकै रहेको बंगुरलाई आहारा दिन लाग्दा बाघले आक्रमण गरेको स्थानियको भनाई छ । बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले उनलाई अर्ध मृत अवस्थामा छाडेर गएको बताइएको छ । घटनाकै समयमा सोही क्षेत्रमा गस्तीमा रहेको निकुञ्ज र सेनाको टोलीले उनलाई निकुञ्ज क्षेत्रबाट उद्धार गरी स्थानिय असिम अस्पतालमा पुर्याएको थियो । अस्पताल पुर्याए लगतै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानियले बंगुरलाई आहारा हाल्न जाँदा बाघले आक्रमण गरेको दाबी गरे पनि घटना’bout निकुञ्ज प्रशासनले थप अनुसन्धान गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । बस्तीमै आएर बाघले आक्रमण गर्न थाले पछि स्थानिय निकै त्रसित भएका छन् ।