२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

बारा – बारा र पर्साका उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदानको करिब ६५ लाख रुपैयाँ अझै पाएका छैनन् । सरकारले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनुदान बापतको बजेट नपठाएपछि किसानले रकम नपाएका हुन् ।

बाराको कलैयास्थित रिलायन्स सुगर मिलमा क्रसिङका लागि ल्याइएको उखु । फाइल तस्बिर : कान्तिपुर
कार्यालयका अनुसार दुई जिल्लाका ८ सय ७ किसानले ६४ लाख ७० हजार रुपैयाँ पाएका छैनन् । प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले सरकारले अनुदान दिने जनाएको थियो । उखु क्रसिङ सिजन २०७५/७६ को अनुदानबापत रकम किसानले नपाएको बताएका छन् ।

‘अनुदानको बक्यौता नपाएको तीन वर्ष भयो, उखु खेतीमा लागेको ऋण कसरी तिर्ने ?’ किसान रामनिवासप्रसाद गुप्ताले भने, ‘मैले मात्र ३४ हजार रुपैयाँ पाउनुपर्ने छ ।’ अर्का किसान नुरुल आल मियाँ तेलीले ३२ हजार रुपैयाँ नपाएको गुनासो गरे । कलैया–२४ श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिको सिफारिसमा रकम पाउनुपर्ने हो । उद्योगले अनुदान उपलब्ध गराउन प्रशासन र कोलेनिकामार्फत सिफारिस गरिसकेको जनाएको छ ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले चिनी उद्योग र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा अनुदान रकम सिधै कोलेनिकामार्फत किसानको खातामा पठाउने व्यवस्था मिलाएका थिए । तर रकम उपलब्ध गराउन पहल गरे पनि नपाइएको रिलायन्स चिनी उद्योगका सञ्चालक राजकुमार अग्रवालले बताए ।

उद्योगका अनुसार प्रभु बैंकबाट ३ सय २ खाताधारी किसानले २५ लाख १७ हजार, महालक्ष्मी बैंकबाट १ सय ६ जनाले ८ लाख ७९ हजार, एनआईसी एसिया बैंकबाट ३ सय ९६ जनाले २९ लाख २२ हजार, लुम्बिनी विकास बैंकबाट २ जनाले १९ हजार र नबिल बैंकबाट एक किसानले १ लाख ३१ हजार पाउन बाँकी छ । ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिँदा पनि बक्यौता पाएका छैनौं,’ किसान छठु महतोले भने ।

जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक परशुराम क्षत्रीले माग बमोजिम बजेट नआउँदा अनुदान दिन नसकिएको बताए । ‘कृषि मन्त्रालयबाट फाइल अर्थ मन्त्रालयमा पुगिसकेको छ । बजेट स्वीकृत भएर आउनेबित्तिकै अनुदान बाँड्छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]