२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

सप्तरी – सोमबार नेदरल्याण्ड्सको एकाधिकारविरोधी नियामकले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि ५७ लाख डलरबराबरको जरिवाना गरेको छ।

कम्पनीको डेटिङ एप सस्क्राइब गर्न एप्पलका उत्पादनबाहेकको माध्यमबाट भुक्तानी दिन नमिल्ने व्यवस्था राखेको भन्दै जरिवाना गरिएको हो।

यसअघि पनि निरन्तर नेदरल्याण्ड्सको नियामकले एप्पलमाथि सोही मुद्दामा जरिवाना सुनाउँदै म्याद थप्दै आइरहेको छ। यद्यपि एप्पलले भने नियामकको माग अझैसम्म पनि सम्बोधन गरेको छैन।

नेदरल्याण्ड्सको अथोरिटी फर कन्ज्युमर एण्ड मार्केट्स (एसीएम)ले एप्पलले बजारमा आफ्नो बलियो उपस्थितिको फाइदा उठाउँदै आफ्नो भुक्तानी सेवा प्रयोग गर्न बाध्य बनाएको बताएको छ।

यसअघि एसीएमले एप्पललाई जनवरी १५ मा अन्य माध्यमबाट पनि भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो।

तर, एप्पलले उक्त म्यादमा पनि निर्देशन पालना भने गरेन। त्यससँगै एसीएमले ५० लाख डलर जरिवाना लगाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]