३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

बारा – बाराको नितनपुरमा एक जना युवकको बिभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित नदियाटोला बस्ने अक्बर मियाँका १८ वर्षिय छोरा ताजुदिन मियाँको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

गाडीको स्टिकर बेच्ने काम गरिरहेका उनको शव नितनपुरस्थित रिलायन्स् पेट्रोलपम्पको अगाडी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

मियाँको शव प्रहरीले बरामद गरि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट पोष्टमार्टम गरि मृतकको आफन्तको जिम्मामा लगाईएको छ ।

उता हत्याको अभियोगमा प्रहरीले मृतक ताजुदिन कै छिमेकी २० वर्षिय आलम मियाँलाई पक्राउ गरेको छ । मृतकका परिवारजनले प्रहरीमा दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

किटानी जाहेरीका अनुसार हत्यामा संलग्न थप एक जना फरार छन् । छिमेकी नैं रहेका वर्ष २२ का मोजामिल मियाँ हाल फरार रहेको मृतकका पिता अक्बर मियाँले जानकारी दिएका छन् ।

उता जिम्मामा लिएका मृतकको शवको आफन्तले अन्त्येष्टि गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]