
सप्तरी – अमेरिकी सहायता परियोजना सम्झौता एमसीसी संसदमा टेबुल गरिने क्रममा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सत्तारुढ दलकै कार्यकर्ता र प्रहरीबीच चर्को भिडन्त भएको छ।
एमसीसीको विरोधमा उत्रिएका माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताहरु निषेधित क्षेत्र तोड्दै भिडन्तमा उत्रिएका थिए।
त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई रोक्न अश्रु ग्यासदेखि पानीको फोहरासम्म चलाएको छ।
अवस्था तनावग्रस्त बनेपछि प्रहरीले केही थान रबरका गोली पनि आन्दोलनकरीहरुमाथि हानेको छ। प्रदर्शनकारी इँटा र ढुंगा प्रहार गरे भने सडक किनारका बोटबिरुवा पनि उखेलेका छन्।