३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

काठमाडौं – मुम्बई पुलिसले एउटा यस्तो ठगी गिरोहको पर्दाफास गरेको गरेको छ, जसले विश्वभरका हजारौँ मानिसलाई क्रिप्टोकरेन्सीमा लगानी गराउने नाममा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढी चुना लगाएको छ । वास्तवमा मुम्बईको माटुङ्गा पुलिसमा एक जना म्युजिक शिक्षकले उजुरी दिएपछि यो घटना सतहमा आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी क्रिप्टोकरेन्सीमा लगानी गर्ने नाममा तीन लाख ८८ हजार रुपैयाँभन्दा बढीको ठगीमा परेका थिए । यो मामिलामा माटुङ्गा पुलिसले कर्नाटकका मोहम्मद जाबिर नामक एक ३१ वर्षीय आरोपीलाई गिरफ्तार गरेको छ ।

उनीमाथि करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । माटुङ्गा क्षेत्रका म्युजिक शिक्षकको उजुरीपछि प्रहरीले गत अक्टुबरमा अनुसन्धान सुरु गरेको थियो ।

महिनौँको अनुसन्धानपछि कर्नाटकको बैङ्गलोरमा बस्ने जाबिरको बारेमा सूचना पाएको थियो । त्यसपछि १८ फेब्रुअरीमा उनलाई गिरफ्तार गरियो ।

उनको बैंक स्टेटमेन्टबाट थाहा भयो कि उनले अक्टोबरदेखि फेब्रुअरीसम्म बिटक्वाइनमा लगानी गराउने भन्दै विभिन्न व्यक्तिलाई झुक्याएर तीन अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको खुल्न आयो । उनले एक करोड मेसेज पठाउन सकिने बल्क एसएमएस सेवा लिने गरेका थिए ।

जसबाट उनले लाखौँ व्यक्तिलाई मेसेज पठाएर आकर्षक प्रतिफल पाउन सकिने भन्दै आफ्नो एप ‘आरोहस एन्ड एग्रो पीआरओ’को माध्यमबाट बिटक्वाइनमा लगानी गर्न प्रेरित गर्दथे । त्यसैमार्फत यति ठूलो रकम ठगिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]