
काठमाडौं – रियालिटी शो हिमालय रोडिजका जज तथा चर्चित र्यापर लाहुरे धरौटीमा रिहा भएका छन्। उनलाई जिल्ला अदालत कास्कीले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
लागूऔषध मुद्दामा १४ पुसमा पोखराबाट पक्राउ परेका लाहुरे उर्फ आशिष रानाको साथबाट प्रहरीले खैरो हेरोइन बरामद गरेको थियो।
लाहुरेसँगै अरु तीन जना पनि पक्राउ परेका थिए। पोखरा महानगरपालिका- ८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङ,रुपा गाउँपालिका- ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका- २१ का ३९ वर्षीय ध्रुवबहादुर थापालाई भने अदालतले पूर्पक्षमा पठाएको छ।
गीतलेखक तथा अभिनेता लाहुरे नेपालको २०१३ र्याप ब्याटलबाट चर्चित भएका थिए।