३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

सप्तरी – सन् २०१५ अक्टोबरमा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले भनेका थिए, ‘५० वर्ष पहिला लेनिनग्राडको सडकले मलाई सबक दिएको थियो – यदि लडाइँ हुनु नै छ भने पहिलो मुक्का हान्नुपर्छ ।’

उनै पुटिनको नेतृत्वमा रहेको रुसले युक्रेनमाथि पहिलो मुक्का हानेर लडाइँ शुरू गरेको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ । पुटिन लेनिनग्राड अर्थात् हाल सेन्ट पिटर्सवर्गमा हुर्केका थिए, जहाँ उनलाई केही युवाले कुटपिट गर्ने गर्थे । त्यसको प्रतिकार गर्न पुटिनले कराँते समेत सिकेका जनाइएको छ ।

पुटिनले सोमवार पूर्वी युक्रेनमा रहेका दोनेत्स्क र लुगान्स्क प्रान्तलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसँगै युक्रेन संकट गहिरिएको छ ।

सन् २०१४ मा युक्रेनमा निर्वाचित सरकारलाई कलर रिभोल्युसनमार्फत अपदस्थ गरिएपछि रुसीभाषीको बाहुल्य भएका दोनेत्स्क र लुगान्स्कले आफूलाई जनगणतन्त्र घोषित गर्दै युक्रेनबाट छुट्टिएको घोषणा गरेका थिए । उनीहरूले रुससमक्ष मान्यताका लागि अपील गरेको भए पनि पुटिनले त्यो युक्रेनको आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्ने बताएका थिए ।

तर अमेरिका तथा पश्चिमी गठबन्धन नेटोले रुसको सुरक्षा प्रत्याभूतिको मागलाई बेवास्ता गरेपछि अनि युक्रेनी सेनाले रुसीभाषी जनतामाथि ताजा आक्रमण गर्न थालेपछि रुसले पृथक्तावादी प्रान्तहरूलाई मान्यता दिएको हो ।

त्यसो त सन् २०१४ देखि अहिलेसम्म युक्रेनी सेना र पृथक्तावादीहरूबीच भएको लडाइँमा १४ हजार जनाले ज्यान गुमाइसकेका छन् । सोमवार राति मात्र २ जना युक्रेनी सैनिकको मृत्यु विद्रोहीहरूले प्रहार गरेको हतियारका कारण भएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

रुसी मान्यतासँगै रुसले ती २ ‘राष्ट्र’मा शान्ति बहाल गर्न शान्ति सेना पठाउने निर्णय पनि लिएको छ । पश्चिमले युक्रेनमाथि आक्रमण हुन सक्ने भनी लामो समयदेखि गरिरहेको प्रचारबाजीलाई शान्तिसेना पठाएर रुसले प्रकारान्तरले सही साबित गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा टमस–ग्रीनफील्डले रुसका सैनिकहरूले शान्ति सेनाको भूमिका निर्वाह गर्ने विषयमा आशंका व्यक्त गरेकी छन् । अर्थात् ती सैनिकहरू आक्रमणका लागि त्यहाँ गएको उनको आशय हो ।

गत साता रुसको संसद् डुमाले बहुमतका साथ पुटिनलाई ती २ प्रान्तलाई राष्ट्रको मान्यता दिन अनुरोध गरेको थियो । पुटिनले त्यसलाई थाती राखेको भए पनि युक्रेनी सेनाले दोनेत्स्क र लुगान्स्कमा गोलीबारी बढाएर रुसीभाषीहरूलाई आक्रमण गर्न थालेको आरोप लगाउँदै २१ फेब्रुअरीमा उनीहरूलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका हुन् । उक्त क्षेत्रका मानिसले आतिशबाजी गरेर रुसी निर्णयको स्वागत गरेका छन् ।

पुटिनले दोनेत्स्क र लुगान्स्कमा भइरहेका घटनालाई नरसंहारको संज्ञा केही समयअघि दिएका थिए र रुसीभाषीहरूको रक्षा गर्ने जिम्मेवारी लिने बताएका थिए । त्यसैअनुरूप उक्त प्रान्तका ७ लाख २० हजार मानिसले रुसी नागरिकता प्राप्त गरिसकेका छन् र संकटबाट बच्न धेरै मानिस रुसको रोस्तोभ प्रान्ततर्फ पनि गएका छन् ।

अमेरिका लगायत देशले चेतावनी दिँदादिँदै पनि राष्ट्रपति पुटिनले यस्तो कदम किन चाले ? पुटिनले युक्रेनमाथि पहिलो मुक्का हानेर लडाइँ शुरू गरेको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हुन थालेको छ ।

पुटिन रुसमा शुरूमा गुप्तचर विभागका जासुस बनेका थिए, पछि राष्ट्रपति नै बने । यसपालि पुटिन चौथोपटक राष्ट्रपति बनेर शासन गरिरहेका छन् ।

सन् १९९९ मा रुसका राष्ट्रपति बोरिस एल्तसिनले पुटिनलाई प्रधानमन्त्री नियुक्त गरे । पुटिन बोरिसका अत्यन्तै निकट थिए । ३१ डिसेम्बर १९९९ मा बोरिसले पदबाट राजीनामा दिए र पुटिन कार्यबाहक राष्ट्रपति बने । २६ मार्च २००० मा पुटिनले पहिलो राष्ट्रपति चुनाव जितेका हुन् । उनलाई चुनावमा ९०% बढी भोट पाइएका थिए ।

उनले रुसमा सत्तापक्ष र प्रतिपक्ष सबैमाथि नियन्त्रण राखेर शासन गर्ने गरेका छन् । लामो समयदेखि सत्तामा रहेर पुटिनले शक्ति आर्जन गरेका छन् ।

रुस यतिबेला संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य पनि हो । रुससँग ‘भिटू पावर’ पनि छ । परिषद्मा अमेरिका, फ्रान्स, रुस, चीन र बेलायतको बराबर हैसियत छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]