काठमाडौं – बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
नुवाकोटको शिवपुरी गाउँपलिका -८ घर भई तारकेश्वर नगरपालिका-१० मनमैजुमा श्रृष्टि फलफूल पसल गर्दै आएका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र २२ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
पाण्डेले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
नेपालटारमा लुकिछपी बसिरहेको अवस्थामा खड्कालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।