
काठमाडौं – नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मत हालेपनि सरकार नछाड्ने भएको छ । एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीले अफूहरुले एमसीसीको विपक्षमा मतदान गर्ने तर सरकार नछाड्ने बताए ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा चौधरीले सो कुरा गरेका हुन् । उनले एमसीसीको विरोधमा आफ्नो पार्टी पहिलेदेखि नै रहको भन्दै आफूहरुले सधै जनताकै हितका लागि बोल्ने बताए ।
उनले यो संवैधानिक हिसाबले बेठिक रहेको भन्दै सदनमा एमसीसी टेबुल गर्नु गलत भएको बताए । यसमा अमेरिकाको नियत नै बेठिक रहेको भन्दै उनले आफूले एमसीसीको मतदान हुने दिन विपक्षमा मतदान हाल्ने बताए ।
उनले भने – ‘यसमा अमेरिकाको नियत नै बेठिक छ । एमसीसी आईपिएसको पार्ट हो भनेर अमेरिकी अधिकारीहरुले भनेका छन, यो भनेपछि यो सुरक्षासँग जोडिएको छ । अमेरिकन अधिकारीहरुले पनि पटक–पटक एमसीसी आईपिएसको पार्ट हो भनेर भनेका छन् ।’