३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

सप्तरी – बैंकिङ कसुरमा ग्रिनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । चेक बाउन्स भएको भन्दै सञ्जय अधिकारी र टंकशमशेर जबराले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको हो ।

कारोबारका क्रममा काटिएको दुईवटा चेक बाउन्स भएपछि अग्रवालविरुद्ध बैंकिङ कसुरअन्तर्गत जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले अग्रवालले काटेको ५० लाख र एक करोड ५० लाख रुपैयाँ उल्लेख भएको दुईवटा चेक बाउन्स भएको बताए ।

‘व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । बैंकिङ कसुरअन्तर्गतको मुद्दामा जाहेरी परेकाले उनलाई पक्राउ गरिएको हो । उनले काटेको एक करोड ५० लाख र अर्को ५० लाख रुपैयाँ उल्लेख दुईवटा चेक बाउन्स भएको देखिन्छ,’ उनले भने ।

पक्राउ परेका अग्रवाललाई अहिले काठमाडौं परिसरको हिरासतकक्षमा राखिएको छ । उच्च अदालत पाटनले उनीविरुद्ध पाँच दिनको म्याद थप गरेको छ । उनी मदिरा व्यापारी हुन् । उनको दरबारमार्गमा ग्रिनलाइन स्टोर छ । सोही स्टोरमार्फत उनले मदिराको कारोबार गर्दै आएका थिए । कारोबारका लागि उनले विभिन्न बैंक र वित्तीय संस्थाबाट ऋण लिएका थिए । कोरोना महामारीका कारण व्यापारमा घाटा लागेको भन्दै उनले बैंकको ऋण तिर्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]